मागहरु सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन युनियनको ज्ञापन

साहिल शेष राई (ताहिर), नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियनले आफूहरूले विगतदेखि उठाइरहेका माग सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन माग गरेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत युनियन बाँके अध्यक्ष उद्धव प्रसाद श्रेष्ठसहित पदाधिकारीले आफूहरूले उठाएका माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।

समायोजनबाट मर्कामा परेका कर्मचारीलाई एक पटक पुन स्वेच्छिक रूपमा रोजेको तहमा जाने व्यवस्था मिलाउन समेत युनियनको माग छ ।

युनियनले आज ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् आफूहरूले उठाएका माग सम्बोधन गर्नुपर्ने बताउँदै ज्ञापन पत्र बुझाएका हुन ।

Previous articleहरियाणा क्लब बन्याे प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन
Next articleराँझा चाेकमा टिप्परले किच्दा एक जनाकाे मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here