वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक खडकाको बिदाई

नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको शुक्रबार बिदाई गरिएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुले सरुवा भई जान लागेका प्रहरी निरीक्षक खड्काको शुक्रबार औपचारिक रुपमा बिदाई गरेका हुन । खडकाको महानगरीय प्रहरी परिसर काठमाण्डौ सरुवा भएको छ ।

नेपालगञ्जमा १८ महिना समय बिताउनुभएका खडका नेपालगञ्जबासीसंग सहजै घुलमिल भएका, बालबालिकादेखि बृद्धबृद्धासंग एकै किसिमको व्यवहार प्रस्तुत गरी असल व्यक्तिको पहिचान बनाउनुभएको छ ।

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंबाट सरुवा भई नेपालगञ्ज वडा प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी खड्काले सम्हाल्नुभएको थियो ।

Previous articleघरेलु हिंसा मुद्दाका चार जना प्रतिवादी नेपालगञ्जबाट पक्राउ
Next articleसमाचार संकलन गर्न पुगेका ३ पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here