बुटवल । २९ वर्षीय महिलाको हत्यापछि भएको बिरोध प्रदर्शनको समाचार संकलन गर्न पुगेका को क्रममा बुटवलका ३ पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।
रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीय बासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अगाडी गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका खबरकुरा डटकमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य, सम्पादक दिनेश श्रेष्ठ र ग्लोबल आवाजका समाचार संयोजक सुस्लिङमाथि दुर्व्यवहार भएको हो ।
पत्रकारहरुलाई इलाका प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले दुर्व्यवहार गरेका हुन् । अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै घिमिरेले डिलिटको दबाब दिएका थिए ।
सोही क्रममा खबर कुराका प्रबन्ध सम्पादक कर्माचार्यले आफुहरु पत्रकार भएको जानकारी गराएपनि झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पासलाई समेत लत्याउँदै कसैलाई आफुले नचिन्नृ भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले भने दुरभाग्यबस सो घटना घटना हुन पुगेको बताउनुभयो ।
पत्रकारहरुको सूचना संकलन गर्न पाउनु अधिकार भएको बताउँदै प्रहरी प्रमुख केसीले उक्त घटनाले आफुलाई दुःखित बनाएको भन्दै माफि समेत माग्ने बताउनुभयो ।





