५ कि.वा भन्दा बढि क्षमता भएकाले ‘क्यापासिटर बैंक’ अनिवार्य प्रयोग गर्नुपर्ने

नेपालगञ्ज । मोटर लगायतका बिद्युतिय उपकरणको प्रयोग गर्ने बिद्युत प्रयोगकर्ताले अब क्यापासिटर बैंक अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।

नेपाल बिद्युत प्राधिकरणको बितरण बिनियमावली बमोजिम बिद्युतिय उपकरणको प्रयोग गर्ने, क्यापासिटर बैंकको प्रयोग नगरेका ग्राहकहरुले अब भने अनिवार्य रुपमा क्यापासिटर बैंक प्रयोग गर्नुपर्ने हो ।

बिनियमावली अनुसार ५ कि.वा भन्दा बढि क्षमताको मोटर वा वेल्डिंग मेसिन जडान गरेका ग्राहकहरुले अनिवार्य रुपमा उक्त क्यापासिटर बैंकको प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

सो क्यापासिटर बैंक प्रयोग गर्नका लागि नेपाल बिद्युत प्राधिकरण, कोहलपुर बितरण केन्द्रले सार्वजनिक सूचना समेत जारी गरेको छ ।

क्यापासिटर बैंक प्रयोगका सम्बन्धमा आवश्यक जानकारी लिन बितरण केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको कोहलपुर बितरण केन्द्रका सुरज रेग्मीले जानकारी दिनुभयो ।

Previous articleसमाचार संकलन गर्न पुगेका ३ पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार
Next articleजेसिज सप्ताह : ४० जना बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here