
नेपालगञ्ज । नेपालगञ्ज जेसिजको जेसिज सप्ताह २०२२ अन्तर्गत निः शुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
जेसिज सप्ताह २०२२ को दोस्रो कार्यक्रम अन्तर्गत शनिबार नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । शिबिरमार्फत ४० जना बिरामीलाई नि:शुल्क रुपमा स्वास्थ्य जाँच सेवाका साथै आवश्यक औषधीहरु प्रदान गरिएको छ ।
नेपालगञ्जस्थित लाईफलाईन हस्पिटल टाँगास्टेण्डमा गरिएको शिबिरमार्फत बिरामीहरुको निःशुल्क रुपमा नै फोक्सो जाँच सेवा समेत प्रदान गरिएको थियो ।
नेपालगञ्ज जेसिज २०२२ का कार्यकारी उपाध्यक्ष एव सप्ताह मुल समारोह समिति संयोजक आदित्य गुप्ताका अनुसार शिबिरमा डाक्टरले लिने जाँच फिस, औषधी शुल्क र फोक्सो जाँच सेवा निःशुल्क प्रदान गरिएको हो ।
डा.पारस श्रेष्ठले बिरामीहरुको स्वास्थ्य जाँच गर्नुभएको शिबिर कार्यक्रमका संयोजक बिकास गुप्ताले बताउनुभयो । फोक्सो जाँच सेवाका लागि सिप्ला कम्पनीसंग समन्वय गरिएको थियो । जसको नेतृत्व अंकुर गुप्ताले गर्नुभएको थियो ।
जेसिज सप्ताह २०२२ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा नेपालगञ्ज ६ फुल्टेक्रास्थित हडियाबाबा मन्दिर परिसरमा बृक्षारोपण गरिएको थियो ।






