
नेपालगञ्ज । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ बाँकेको बार्षिक साधारणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज सीता दाहालको प्रमाुख आतिथ्यता तथा माओवादी केन्द्र लुम्बिनी प्रदेश सहसचिव अक्कल बहादुर बमको बिशेष उपस्थितिमा शनिबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी वार्षिक साधारणसभा तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले संघलाई बलियो बनाउँदै कर्मचारीको हकहितका लागि सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले निजामति कर्मचारी सरह नै काम गर्नुपर्ने भएकाले करार कर्मचारीलाई समेत निजामती कर्मचारीमा समायोजन गर्नुपर्ने उल्लेख गरेका छन् ।
यस्तै करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समाबेश गर्ने सरकारको निर्णय कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो समाबेश गर्नुपर्ने माग गरिएको संघ लुम्बिनी प्रदेश उपाध्यक्ष श्याम चौधरीले जानकारी दिनुभयो ।





