शिक्षासंग सम्बन्धित सरोकारवालाहरूद्वारा संयुक्त अनुगमन

गुलरिया । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारिमा संचालित बाँके र बर्दिया जिल्लाका ६ गरि ७ वटा पालीकाहरुका २५ वटा बिधालयमा परियोजना मार्फत बिभिन्न कृयाकलाप संचालन गर्दै आइ रहेको छ ।

तसर्थ मधुवन नगरपालीकाको वडा नं १ र २ मा पर्ने सुर्य आधारभुत बिधालय वडा नं २ र सरस्वती आधारभुत बिधालय वडा नं १को बिधालयको अनुगमन तथा शिक्षक बिधालय ब्यबस्थापन समिती तथा प्रधानाध्यापकसंग अन्तरक्रिया गरिएको छ ।प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच बाँकेबाट बिधालय तहमा शिक्षक तालिम नमुना कक्षाकोठा ब्यबस्थापनका लागी सामाग्री सहयोग, आइसिटि सहयोग हरु भएको थियो ।

बिधालयमा परियोजना संचालनपछि भएका असल अभ्यास तथा आगामी दिनमा परियोजनालाइ दिर्गकालीन रुपमा बिधालय स्थमा नियमित राख्नका लागी बिधालयका सरोकारवालाहरुको भुमिका तथा यसको प्रभावकारीताका बिषयमा समेट छलफल गरिएको छ ।

अनुगमन गरिएको सुर्य आधारभुत बिधालयका प्रधानाध्यपक श्री प्रशुराम चौधरीले बिधालय तहमा परियोजना संचालन पछिकक्षागत बिधाथि भर्ना सकरात्मक रुपमा बढेको,बा.बि.केन्द्रदेखि कक्षा ३ सम्म कक्षा सबलिकरणले बालबालीकाको बालमैत्री कक्षाको कोठाको रुपमा निर्माण हुदा बालबालीकाहरुको नियमितता बढेको छ ।परियोजना संचालनपछि बिधालयमा बालबालीकाहरुको निरन्तर विद्यार्थी मुल्याकंण प्रणालीलाई व्यवहारमा उतारेको छ । बसाई, सराई बाहेक अन्य कारणले कक्षा नछाड्ने कारण घटेको बताउँदै औषत उपस्थिति दरमा बृद्धि भएको जानकारी दिनुभयो ।

नेपाली तथा गणित बिषयमा बालबालीकाहरुले अक्षर, हरफ शब्दको उच्चारण गर्न सक्ने बानीको बिकास गर्नुका साथै लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहारमा परिर्वतन गर्न सफल भएको बताउनु भयो ।अनुगमनका क्रममा मधुवन नगरपालीकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले बिगत ३ बर्षदेखि शिक्षा तथा खेलकुद शाखासंगको समन्वयकारी भुमिका निर्वाह गरि प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बर्दियाले मधुवन नगरपालीकाको शिक्षामा गुणस्तरीयता बढाउनमा सहयोग तथा हातेमालो गर्दै आइरहेको र परियोजना संचालन भएका बिधालयमा शैक्षिक गुणस्तरमा बृद्वि भएको पाएको बताउदै सहयोगको दायरा अझ प्रभावकारी रुपमा लैजान र सबै बिधालयमा यसको कार्यान्वयनकाे अपेक्षा गरेको बताउँदै समन्वय र सहकार्यका लागी मधुवन नगरपालीका शिक्षा तथा खेलकुद शाखा तयार रहेको बताउनु भयो ।अनुगमनमा शिक्षा तथा खेलकुद शाखा प्रमुख खनाल, संस्थाका कार्यसमिती सदस्य कैलाशमान श्रेष्ठ, परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्मा, सुपरभाइजर दशलाल चौधरी, रेनु चन्द लगायतको सहभागीता रहेको थियो ।

Previous articleडा.चौधरीको नेतृत्वमा आटोलांरेगोलोजिस्ट नेपालञ्ज च्पाटर गठन
Next articleनेपालगन्जकाे उपमेयरमा अन्सारीकाे नाम चर्चामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here