नेपालगन्ज २ को वडाअध्यक्षका प्रमुख दाबेदार कस्मिरा खातुन

साहिल शेष राई (ताहिर)
नेपालगन्ज । माओवादी केन्द्रबाट वडा नम्बर दुईको वडाअध्यक्ष पदका प्रमुख दाबेदारको आकांक्षी कस्मिरा खातुन देखा पर्नुभएको छ ।

यही बैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर दुईको वडाअध्यक्ष पदका उम्मेदवारमा खातुन प्रमुख दावेदारको रूपमा देखा पर्नुभएको हो ।

माओवादी केन्द्रबाट दुई नम्बर वडाअध्यक्ष पदका ५ जना उम्मेदवारको आकांक्षीमध्ये खातुन शसक्त उम्मेदवारको रहेको बुझिएको छ ।

केन्द्रको नेपालगन्ज नगर कोषाध्यक्ष तथा माओवादी केन्द्रको भातृ संगठन मुस्लिम मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य समेत रहनुभएकी खातुन उपमेयर पदको उम्मेदवारको रूपमा चर्चामा रहनुभएको थियो ।

तर पाँच दलीय गठबन्धन भएपछि खातुन वडा नम्बर दुईको वडाअध्यक्ष पदमा आकांक्षी रहेको बुझिएको छ ।

नेपालगन्जको होनहार, असल, सरल स्वभावकी जनप्रेमी तथा सफल उद्यमी मुस्लिम महिला खातुन नेपालगन्जको चर्चीत नाम हो ।

Previous articleजसपाले गठबन्धनको निर्णय मान्ने संकेत, राई उमेयरमा लडन तयार
Next articleजमुनी सुपर किंग नरैनापुर गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिताको बिजेता बन्न सफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here