
नेपालगञ्ज । नेपालगञ्जको शोभा अटो पार्टस सेन्टरमा आगलागी हुँदा ७० लाखको क्षति भएको छ ।
शनिबार बिहान करिब ४ बजे एक्कसी भएको आगलागी हुँदा सेन्टरमा रहेको मोटरसाईकल, पार्टस पुर्जा र मेसिनरी सामान जलेर नष्ट भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ सुर्खेत रोड बिपी चोक नजिक रहेको सो सेन्टरमा सर्ट सर्किट भएर आगलागी भएको आशंका गरिएको संचालक शोभाराम कुम्हालले जानकारी दिनुभयो ।
मलाई शनिबार बिहान करिब साढे ४ बजे पसलमा आगलागी भएको जानकारी भएको थियो, शोभारामले भन्नुभयो, कोही कसैसंग कुनै प्रकारको दुश्मनी वा मनमुटाव पनि छैन, कसैले आगलागी गर्यो भन्ने पनि लागेको छैन ।
आगलागीबाट पसलमा राखिएको १३ वटा मोटरसाईकल पनि जलेका छन् । प्रहरीले घट्नास्थलको मुचुल्का गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।





