
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसले मोटरसाइकल र्याली गरेको छ ।
आसान्न निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली कांग्रेस वडा नं ४ ले प्रचार प्रसार गर्न मोटरसाइकल र्याली गरेको हो ।
कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप साहले कांग्रेसको पक्षमा स्वस्फुर्तरुपमा मोटरसाइकल र्याली आयोजना गरिएको बताउनुभयो ।
वडा नं ४ मा अध्यक्ष पदका लागि साह, महिला सदस्यमा अस्मिता शाह, खुला पुरुष तर्फ उत्तम सिंह सिजापती, दलित तर्फ शुशीला कोरी र मुस्लिमतर्फ मो.सलिम हलुवाई उम्मेदवार रहनुभएको छ ।





