
नेपालगञ्ज । चुनाको मिति नजिकिँदै गएसंगै बिभिन्न तह, पालिकाका उम्मेदवारहरु प्रचार प्रसार कार्यलाई तिब्रता दिएका छन् ।
यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ मा समेत काँग्रेसका उम्मेदवारले घरदैलो अभियानलाई तीब्र पारेका हुन् ।
वडाअध्यक्ष पदका उम्मेदवार रितेश शर्मा, वडा सदस्य पदका उम्मेदवार जमालुद्दिन वागवान, भूमि दमिनी, आशिष वली र संगीता रेग्मीले चुनावी अभियान तीब्र पार्नुभएको छ ।
घरदैलो अभियानमा मतदाताहरु उत्साहित देखिएको प्रचार प्रसार समितिका संयोजक प्रेम विसीले जानकारी दिनुभयो ।





