डुडुवाले स्वास्थ्य सेवा निःशुल्क गर्ने

डुडुवा । डुडुवा गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरीले आफू निर्वाचित भएपछि सबैका लागि स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ ।

यसअघि जेष्ठ नागरीकका लागि निःशुल्क स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउदै आएकोमा यसपटकदेखी सबैका लागि स्वास्थ्य सेवा निःशुल्क गर्ने बताउनुभएको हो ।

मतदाताहरुसंग भेटघाटका क्रममा अध्यक्ष चौधरीले निर्वाचित भएलगत्तै सबैभन्दा पहिला सबैको स्वास्थ्य विमा गर्ने र सबैलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो ।

कृषि विकास र पशु स्वास्थ्य उपचार दोश्रो प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । गाँउपालिकामा कृषि उत्पादन र पशुपालन गर्ने गरिएकाले यसलाई पनि प्राथमिकता दिएर काम गर्ने उहाँको भनाई छ ।

कृषिका लागि मल, विउ, विजन लगायतका सामाग्रीमा अनुदान दिइने छ । कृषि उत्पादनको बजारीकरणमा समेत गाँउपालिकाले सघाउने छ ।कृषि उपज विग्रेर, कुहिएर जान नदिन गाँउपालिकामा कोल्डस्टोर निर्माण भइरहेको छ । यसका साथै पशुलाई स्वास्थ्य उपचार घरमै गएर दिने योजना रहेको उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले बताउनुभयो ।

नेपाली कांग्रेसबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार चौधरी र उपाध्यक्ष पदका उम्मेदवार बानो लगायतको टोलिले आज बुधबार वडा नम्बर ४ मा घरदैलो गर्नुभएको छ ।

वडा नम्बर ४ का खलेमासहा, उचेमासँहा, नेयमड्पूर्वा, गणरियनपूर्वा, शहपूर्वा लगायतका गाँउमा घरदैलो गरिएको हो । घरदैलोमा उम्मेदवार, मतदाता, नेपाली कांग्रेसका नेता, कार्यकर्ता लगायत ५ सय बढि सहभागि छन् ।

घरदैलोमा मतदाताहरु पनि उत्साहित देखीएका छन् । यसपटक पनि नेपाली कांग्रेसलाई नै विजयी बनाउने उनीहरुले प्रतिबद्धता जनाए ।

वैशाख ३० गते निर्वाचनको मिति नजिकिदै गर्दा आज बुधवार वडाहरुले पनि घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आज डुडुवाकोे वडा नं.१ देखि ६ सम्म विभिन्न समुहमा घरदैलोको कार्यक्रम भइरहेको छ ।

Previous articleराप्तीसोनारी ४ का कांग्रेस उम्मेदवार कान्छामाथि आक्रमण प्रयास
Next articleकाँग्रेस बाँकेको घोषणापत्र : ‘घरमै स्वास्थ्य सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here