
नेपालगञ्ज । बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।
शनिबार बिहान १० बजे मधुवन नगरपालिका ३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबरपछि प्रहरी चौकी कोठियाघाटबाट टोली खटिएको थियो । टोलीले डुंगा र अरू माध्यमबाट खोज्दा पनि फेला परेको थिएन ।
त्यसपछि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा शनिबार शव फेला परेको हो । शव डुबकै स्थानमा फेला परेको सापकोटाले बताउनुभयो ।





