
नेपालगञ्ज । लागु औषध ब्राउन सुगरसहित नेपालगञ्जबाट दुई जना युवा पक्राउ परेका छन् ।
प्रहरीले लागु औषध ब्राउन सुगरसहित नेपालगञ्ज वडा नं १४ बस्ने २६ वर्षीय पोहरन खटिक र बैजनाथ गाउँपालिका वडा नं ५ बस्ने ३० वर्षीय भरत थारुलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले उनीहरुलाई शुक्रबार बिहीबार राती नेपालगञ्ज १४ उदयपुरबाट ४ ग्राम ७१० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।





