बाँकेको सात पालिका प्रमुखले लिए सपथ

photo by : Nabin Giri

नेपालगञ्ज । बाँकेको सात वटा पालिका प्रमुखहरुले सपथ लिएका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ खुवाउनुभएको हो ।

एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई आइतबार मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ खुवाउनुभएको छ । आइतबार नेपालगञ्जमा सपथ ग्रहण समारोहमार्फत बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले सपथ लिनुभएको हो ।

त्यस्तै आइतबार बिहानै नेपालगञ्ज उपमहानगरपालिका नव निर्वाचित मेयर प्रशान्त बिष्टले सपथ लिएका छन् भने यसअघि नै बाँकेको डुडुवा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष नरेन्द्र चौधरी र खजुरा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष डम्बर बिकलाई संयुक्त रुपमा सपथ लिनुभएको थियो ।

आठ पालिकामध्ये अब एक मात्र यो समाचार तयार पार्दासम्म कोहलपुर नगरपालिकाको मतगणना परिणाम सार्वजनिक हुन बाँकी रहेको छ । कोहलपुरमा नेपाली कांग्रेसबाट पुर्ण आचार्य, नेकपा एमालेबाट खिल प्रसाद भुसाल र नेकपा माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने मेयर पदमा लड्नुभएको छ ।

Previous articleसपथ ग्रहण: आफुहरुलाई अपमानित गरिएको नेपालगञ्जका जनप्रतिनिधिको आरोप
Next articleकोहलपुरको मेयर र उपमेयरमा कांग्रेसका आचार्य र सुबेदी निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here