कोहलपुरको मेयर र उपमेयरमा कांग्रेसका आचार्य र सुबेदी निर्वाचित

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पुर्ण आचार्य र उपमेयरमा संगिता सुबेदी निर्वाचित हुनुभएको छ ।

बाँकेको सात वटा पालिकाको मतपरिणाम सार्वजनिक भएपछि अन्तिममा सार्वजनिक भएको कोहलपुरको मत परिणाम अनुसार १४१३४ मत प्राप्त गरि आचार्य बिजयी हुनुभएको हो भने निकटम प्रतिद्वन्द्वी खिल प्रसाद भूषालले १२२०५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली काँग्रेसकी उपमेयर संगिता सुवेदीले १४०७३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटम प्रतिद्वन्द्धी अस्मिता थारुले १३०१७ मत प्राप्त गर्नुभयो ।

कोहलपुरमा नेपाली कांग्रेसबाट पुर्ण आचार्य, नेकपा एमालेबाट खिल प्रसाद भुसाल र नेकपा माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने मेयर पदमा लड्नुभएको थियो ।

यो संगै बाँकेको आठ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

Previous articleबाँकेको सात पालिका प्रमुखले लिए सपथ
Next articleपदभार ग्रहणसंगै मेयर बिष्टको अपाङ्गतामैत्री कार्यालय बनाउनेसहित ८ निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here