पदभार ग्रहणसंगै मेयर बिष्टको अपाङ्गतामैत्री कार्यालय बनाउनेसहित ८ निर्णय

नेपालगञ्ज । नेपालगञ्जका नव निर्वाचित नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गरेका छन् । नगर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै बिष्टले आठ वटा निर्णय गर्नुभएको छ ।

नगर कार्यपालिकाको कार्यालयमा असक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सहजताको लागि अपाङ्गतामैत्री कार्यालय भवन बनाउने विष्टको पहिलो निर्णय छ ।

यस्तै भेरी अस्पतालमा रहेको विरामी र कुरुवाको खाना व्यवस्थापन गर्दै आएको अन्जनी माता रसोई घरलाई आर्थिक वर्षबाट मासिक थप ५० हजार दिने, सामाजिक सुरक्षा भत्ता बैंकहरुको सहकार्यमा वडा कार्यालयहरुको समन्वयमा घुम्ति बैकिङ सेवा संचालन मार्फत वितरण गरिने, अपाङ्गता भएका व्यक्तिको लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने गरी कार्यविधि निर्माण गरि आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा व्यवस्था गरिने निर्णय गर्नुभएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकामा दुग्धजन्य वस्तु मासुमा आत्मनिर्भर हुन कृषकहरुलाई पशुपालनमा प्रोत्साहन गरिने, दैनिकरुपमा निस्कने फोहरलाई घरधनी वा व्यवसायी आफैले फोहोरको वर्गीकरण गरी नगरपालिकाबाट खटिने सरसफाईकर्मीलाई उपलब्ध गराउन उत्पे्रेरित गर्ने, प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात गर्न स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याइने र नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाई कार्यलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ ।

Previous articleकोहलपुरको मेयर र उपमेयरमा कांग्रेसका आचार्य र सुबेदी निर्वाचित
Next articleनिर्वाचितलार्ई केन्द्रीय सदस्य बाल्मिकीको शुभकामना, हराउनेलाई कारबाही गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here