निर्वाचितलार्ई केन्द्रीय सदस्य बाल्मिकीको शुभकामना, हराउनेलाई कारबाही गरिने

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित भएका जनप्रतिनिधीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।संविधान सभाका सदस्य समेत रहनुभएका केन्द्रीय सदस्य बाल्मिकीले नवनिर्वाचित जनप्रतिनिधीलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

कांग्रेसले बाँकेका कुल ८ वटा स्थानीय तहमध्ये ५ वटामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ, भने गठबन्धनका तर्फबाट एउटामा प्रमुख र अर्कोमा उपप्रमुख पाउन सफल भएको छ ।

पार्टी र गठबन्धनका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधीलाई शुभकामना दिदै उहाँले जनताको भावना अनुसार काम गर्न अनुरोध गर्नुभएको छ ।

‘जनताले कांग्रेस पार्टी र गठबन्धनलाई गरेको अपार माया र अमुल्य मतको कदर गर्दै पाँच वर्षसम्म जनताको सच्चा सेवक भएर काम गर्नु हुनेछ भन्नेमा मलाई विश्वास छ,’ उहाँले भन्नुभयो । जनताको काम गर्दा समान ब्यवहार गर्नुपर्ने केन्द्रिय सदस्य बाल्मिकीले बताउनुभयो ।

पार्टीका उम्मेदवारलाई जिताउन दिनरात खटिएका पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संगठन लगायत सबैलाई धन्यवाद दिनुभयो ।

कांग्रेस र गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सबै मतदाताप्रति उहाँले आभार प्रकट गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई, कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषासिंह थारु, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बानो, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र उपाध्यक्ष रामप्यारी यादव तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मञ्जु मल्ललाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

केन्द्रीय सदस्य बाल्मिकीले हालै सम्पन्न निर्वाचनको पार्टीले छिट्टै समिक्षा गर्ने बताउनुभयो । निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन खुलेरै लागेका र अन्तरघात गरेका ब्यक्तिको पहिचान गरी पार्टीले कारबाही गर्ने उहाँको भनाई छ ।

‘पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जो जसले खुलेरै हराए, जस्ले भित्र भित्रै अन्तरघात गरे, तिनको पहिचान गरी पार्टीले कारबाही गर्नेछ,’ बाल्मिकीले भन्नुभयो ।

कांग्रेसले स्थानीय तहमा प्रमुख र उपप्रमुख पद जितेपनि वडामा नराम्रोसँग पराजय ब्यहोरेको छ । जिल्लाका ३ वटै प्रतिनिधी सभा क्षेत्र अन्तर्गतका वडामा कांग्रेसले आन्तरिक कारणले वडाको चुनाव हारेको कांग्रेस नेता, कार्यकर्ताको विश्लेषण छ ।

Previous articleपदभार ग्रहणसंगै मेयर बिष्टको अपाङ्गतामैत्री कार्यालय बनाउनेसहित ८ निर्णय
Next articleकारागार भित्र मृत्यु प्रकरण : प्रहरीको मिलोमतो पिडितको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here