अज्ञात व्यक्तिले बिष हालेर २२ हजार माछाको भुरा मार्यो

नेपालगञ्ज । दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा फार्ममा बिष हालेर २२ हजार माछाको भुरा मारिएको छ ।

१४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गरीले बताउनुभयो ।

विहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उहाँले बताउनुभयो । ‘हिजो राति ७ बजेसम्म पोखरीमा सबै माछा ठिक थिए,’ गिरीले भन्नुभयो, ‘बिहान उठ्दा सबै सखाप बनाइएछ ।’

पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख १५ हजार बढी मूल्यको माछाको भुरा हालिएको उहाँले बताउनुभयो । ६ वर्षदेखि माछा पाल्दै आएका कृषक गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको सुनाउनुभयो ।

‘बादल लागेर धुम्म भयो भने अक्सिन नपुगेर स(साना माबादल लागेर धुम्म भयो भने अक्सिजन नपुगेर ससाना केही माछा पहिले पनि मर्थे, तर पोखरीमा भएका सबै माछा सखाप भएको यो पहिलो हो,’ गिरी भन्नुहुन्छ ‘पोखरीका अन्य जलचरसमेत सखाप भएर मरेका कारण विष हालेकै जस्तो देखिन्छ ।’

घटनाबारे नगरपालिकाका कृषि चिकित्सक र प्रहरीलाई जानकारी गराइएको गिरीले बताउनुभयो । घटनाबारे शंकास्पद कोही पनि हालसम्म पक्राउ तथा अनुसन्धानको दायरामा नआएको उहाँको भनाइ छ ।

कृषक गिरीका छिमेकी बामदेव गिरीकाअनुसार पोखरीमा पालिएको माछामा यस प्रकारको घटना घटाइएको यो पहिलो पटक भएको बताउनुभयो ।

कृषकले लगानी र जोखिम मोलेर गरेको दुःखमा यस प्रकारको घटनाले हतोत्साही बनाएको गिरीले बताउनुभयो । माछामा विष हालेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Previous articleचोरी शिकारी गर्न जंगल पसेका एकको गोली लागेर मृत्यु
Next articleबाँकेमा रगत अभाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here