
नेपालगञ्ज । स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री बनाउन स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ ।
बर्दियाका बिभिन्न स्थानीय तहमा रहेका पालिकाहरुबाट प्रदान हुँदै आएको सेवालाई किशोर किशोरीमैत्री बनाउँदै थप प्रभावकारी बनाउन त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सहयोगमा स्वास्थथय तालिम केन्द्र लुम्बिनी प्रदेशले बर्दियाका चारु पालिकाका स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीका लागि पाँच दिने किशोर किशोरी तथा प्रजनन स्वास्थ्य सम्बन्धि पाँच दिने तालिम संचालन गरिएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालको तालिम केन्द्रमा जेष्ठ १३ गतेदेखि संचालन गरिएको तालिममा किशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारीलाई बिशेष ध्यान दिनुपर्ने कुरामा दिइएको छ ।
तालिमलाई डा.बद्रि चापागाई, भेरी अस्पताल नसिंङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, नसिंङ्ग अधिकृत शिला शर्मा, बरिष्ठ अस्पताल नसिंङ्ग शारदा कुमारी चौधरी, अस्पताल नसिंङ्ग निरिक्षक भारता शर्मा, रुम कुमारी थनेत र बसुन्धरा ज्ञवालीले सहजीकरण गर्नुभएको छ ।
गेरुवाद्धारा बर्दियामा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य सम्बन्धि परियोजना अन्तर्गत सो तालिम प्रदेशको नेतृत्वमा संचालन गरिएको गेरवाका परियोजना संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।





