
नेपालगञ्ज । गणतन्त्र दिवसको अवसरमा नेपालगञ्ज कारागारमा रहेका २१ कैदीबन्दीको सजाय मिनाहा गरिएको छ ।
जेठ १५ गते गणतन्त्र दिवसको अवसर परेर नेपालगञ्ज कारागारमा रहेका २१ कैदीबन्दीको कैद सजाय मिनाहा गरिएको हो ।
नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, सजाय मिनाहाका लागि २५ जनाको नाम पठाइएकोमा २१ जनाको कैद सजाय मिनाहा भएको छ ।
उनीहरुलाई आजै आइतबार कानुनी प्रक्रिया पुरा गरि रिहा गरिने सोनकरले बताउनुभयो । सरकारले विभिन्न दिवसको अवसर परेर आचरण सुध्रिएका, आधा भन्दा बढि सजाय कटिसकेका व्यक्तिको सजाय मिनाहा गर्ने गर्दछ ।





