बिद्यार्थीको चाप बढेपछि जे एस स्कुलमा भर्ना बन्द

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-३ स्थित जे एस बोर्डिङ्ग स्कुलले बिद्यालय भर्ना कार्यक्रम बन्द गरेको छ ।

स्कुलले भर्ना अभियानका क्रममा आवश्यकता भन्दा बढि बिद्यार्थीको चाप बढ्न थालेपछि भर्ना कार्यक्रम बन्द भएको जनाएको छ ।

‘बिद्यालय भर्ना अभियान अन्तर्गत स्कुललाई पुग्ने बिद्यार्थीको संख्या पुगिसकेको छ,’ स्कुलका अध्यक्ष मुना हमाल चन्दले भन्नुभयो, ‘आवश्यकता भन्दा बढि बिद्यार्थीले अध्ययन अध्यापनलाई असहज बनाउँछ, त्यसकारण भर्ना बन्द गर्यौं ।’वडा नं-३ कोरियनपुरमा संचालनमा रहेको स्कुलले छोटो समयमै लोकप्रियता कमाएको छ । ९ कक्षासम्म अध्ययन अध्यापन संचालन गर्दै आएको स्कुलको भर्ना अभियानका क्रममा बिद्यार्थीको चाप थेगिनसक्नु भएको प्रिन्सिपल मन बहादुर केसीले जानकारी दिनुभयो ।

‘भर्ना कार्यक्रम बन्द गर्यौं,’ प्रिन्सिपल केसीले भन्नुभयो, ‘हामी धेरै बिद्यार्थी राखेर अध्ययन कार्यलाई असहज होस भन्ने चाहँदैनौं, कम बिद्यार्थी लिने तर गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने हामी चाहन्छौं ।’

साथै बिद्यार्थीसंगै शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न पनि स्कुलले बिशेष जोड दिएको छ । शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि स्कुल परिसरमै स्कुलले प्रशिक्षक तालिम संचालन गरेको छ ।

Previous articleवन रक्षकबाटै रूख काट्न लगाई भारतबाट अवैध काठ तस्करी
Next articleग्यास निरूत्साहित गर्न विद्युतीय चुल्हो अनुदानमा दिइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here