१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

काठमाण्डौं । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरीएको हो ।

नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर), सुजन लिम्बु (ताप्लेजुङ्), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री, (स्याङ्जा), भक्त बहादुर थापा (बर्दिया), नवराज कार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्र बहादुर रावल (जुम्ला) रहनुभएको छ ।

Previous articleकार्यपालिका सदस्यले लिए सपथ, राजनीति गर्ने छुट दिइने छैन : विष्ट
Next articleकोहलपुरका ६२ जना शिक्षकलाई ल्यापटप प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here