
कोहलपुर । कोहलपुर नगरपालिकाले पालिकाभित्रका ६२ जना शिक्षकलाई ल्यापटप बितरण गरेको छ ।
सूचना प्रविधियुक्त शिक्षकसँग मेयर कार्यक्रम अन्तर्गत ६२ जना शिक्षकलाई सो ल्यापटप बितरण मंगलबार बितरण गरिएको हो ।
कोहलपुर नगरपालिकाका नव निर्वाचित मेयर पुर्ण आचार्य, उपमेयर संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले संयुक्त रुपमा शिक्षकहरुलाई सो सामान बितरण गर्नुभएको थियो ।
कोहलपुर नगरपालिका तथा शिक्षकको ५० प्रतिशत लागत साझेदारीमा सूचना प्रविधियुक्त शिक्षकसँग मेयर कार्यक्रममार्फत शिक्षकलाई ल्यापटप वितरण शिक्षा शाखाले जनाएको छ ।
ल्यापटप लिनका लागि एक सूचना जारी गरी लिन चाहने शिक्षकलाई आवेदन दिन आह्वान गरिएको थियो ।





