
गुलरिया । बर्दिया जिल्लामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले मधुवन नगरपालिका–३ भगरैयाका ४४ वर्षीय कृष्ण बहादुर कामीलाई पक्राउ गरेकाे छ ।
कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । थप बिवरण आउन बाँकी छ ।





