कोहलपुर कार्यपालिका सदस्यमा आठै जना कांग्रेसका निर्वाचित

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले कार्यपालिकामा एकल बहुमत कायम गरेको छ ।

बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन ।

निर्वाचित हुनेमा खुल्लातर्फ ईश्वरी प्रसाद वि.क, भुप बहादुर दर्जी नरेश वान्तवा राई, महिलातर्फ अनिता विसी, केसरी कुमारी रावत, सुनिता विष्ट, पवित्रा थारु, सुनिता सुनार निर्वाचित भएको कोहलपुर स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोहलपुर नगरपालिकामा १५ वडामध्ये १० वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने नगर प्रमुख उपप्रमुखमा समेत नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन ।

Previous articleबर्दियामा ७ वर्षीया बालिकालाई करणी अभियाेगमा एक जना पक्राउ
Next articleसेतु विकको शालिक तोडफोड गणतन्त्रमाथिको प्रहार : नेकपा एमाले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here