सेतु विकको शालिक तोडफोड गणतन्त्रमाथिको प्रहार : नेकपा एमाले

नेपालगञ्ज । नेकपा एमाले बाँकेले नेपालगञ्जको धम्बोझी चोकमा राजावादी समर्थकहरुले राजा बीरेन्द्रको शालिक राख्ने प्रयास र सेतु बिकको शालिकमाथि भएको तोडफोड घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले बाँकेले एक बिज्ञप्ति जारी गर्दै राजाबादीको एउटा समूहले स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्न नपाएको झोकमा नेपालगञ्जको न्यूरोडमा रहेको शहिद सेतु विकको शालिकमा तोफोड गरिएको घटनाप्रति नेकपा एमाले बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

२०६२/०६३ जनआन्दोलन २ की शहिद सेतु विकको शालिकमा गरिएको तोडफोड अराजकताको पराकाष्ठा मात्र होइन परिवर्तित व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार हो, एमाले बाँके अध्यक्ष किस्मत कक्षपतिद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

व्यवस्था परिवर्तनका लागि गरिएको आन्दोलनका क्रममा शहिद विकले २०६३ साल वैशाख ५ गते सोही ठाउँमा आहुती दिएकी थिइन । शहिदको सम्मान गर्नुको साटो अराजक र अराजनैतिक ढंगबाट तोडफोड गरेर राजनीतिक तिक्तता पैदा गर्नु पक्कै पनि लोकतन्त्रको विरुद्ध कार्य हो भन्ने हाम्रो ठहर छ । बिज्ञप्तिमा भनिएको छ ।

स्थानीय प्रशासनले यस्ता अराजक गतिविधि नियन्त्रण गर्न र नेपालगन्जको शान्ति सुव्यवस्था कायम गर्न नेकपा एमाले बाँकेले जोडदार माग गरेको छ ।

Previous articleकोहलपुर कार्यपालिका सदस्यमा आठै जना कांग्रेसका निर्वाचित
Next articleसर्वदलीय बैठक : सहमतिबाट मात्रै शालिक स्थापना गर्न दलहरू सहमत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here