
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि एक अर्व ६३ करोड ६५ लाख बढिको बजेट प्रस्तुत गरिएको छ ।
बिहीबार भएको ११ औं नगर सभामा नगर उपप्रमुख कमरुद्धिन राईले वर्ष २०७९/८० को कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
उपप्रमुख राईले प्रस्तुत गर्नुभएको बजेट उपमहानगरपालिकाको ठुलो भार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान, समपुरक अनुदान, बिशेष अनुदान, बित्तिय समानिकरण र र राजश्व बाँडफाँडको बजेट रहेको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
धार्मिक, सास्कृतिक तथा पर्यटनतर्फ
बागेश्वरी मन्दिरमा सन्ध्याकालिन आरती संचालन गरिने, नेपालगञ्ज शहरको फरक पहिचान हुने गरी १०८ फिटको हनुमान मुर्ति निर्माण गरिने, बिपी चोकस्थित इदगाहमा प्रवेशद्धरा निर्माण गरिने, लोप हुन लागेका प्राचीन टाँगाहरुको संरक्षण र प्रजद्र्धन गरिने, दहासंस्कार अघि शवलाई सुरक्षित राख्न फ्रिजर र अन्तिम संस्ककारका लागि शववाहन र बिद्युतिय शवदहन गृहको व्यवस्थापन गरिने नीति उल्लेख छ ।
भौतिक पुर्वाधारतर्फ
अव्यवस्गित बासोबासलाई व्यवस्थित गर्न रिंगरोडको बिकाससंगै वरपरको जग्गा ल्याण्ड पुलिंगमार्फत जग्गाबिकास गरी सामुहिक बस्तीको बिकासका लागि पहिल गरिने, उपमहानगरपालिकालाई महानगरपालिका बन्ने सम्भावनालाई अगाडी बढाईने, रात्रीकालिन बजार व्यवस्थापन गर्न आवश्यक पुर्वधारको निर्माण लागि पहल गरिने, वडाको सिफारिसमा मेगा प्राजेक्ट छनौट गरी कार्यान्वयनका लागि पहल गरिने, बागेश्वरी मन्दिरको पुर्वपट्टी रहेको निर्माणधिन चिल्डेन पार्कमा बेसमेण्ट पार्किंगसहित निर्माण गरिने, राँझा बिमानस्थललाई अन्तर्राष्टिय बिमानस्थल बनाउन आवश्यक पहल गरिने, नेपालगञ्जलाई क्लिन, ग्रिन र हेल्थी सिटीका रुपमा बिकास गरिने, शहरको मुख्य चोकहरुको सौन्दर्यकरण गरिने र उपमेयरसंग ट्राफिक व्यवस्थापन कार्यक्रममार्फत मुख्य सडकहरुमा टराफिक लाईटको व्यवस्थापन गरिने उल्लेख छ ।
व्यवस्थित सहरी बिकासतर्फ
स्वचछ खानेपानीको पहुँच पुर्याउन पहल गरिने साथै चोकहरुमा पिउने पानीको व्यवस्था गरिने, सुन्दर स्वच्छ हरियाली शहर निर्माण गरिने, नक्सापास गरिने कार्यलाई प्रबिधिमैत्री बनाउने उल्लेख छ ।
भूमि व्यवस्थापनतर्फ
गैरकानूनी रुपमा कब्जा गरिएका सार्वजनिक सरकारी र गुठीको जग्गाको खोज तथा पहिचान गरी फिर्ता ल्याउने, सरकारले खरिद वा अधिग्रहण गरेको भूमिको कित्ताकाट गरि आगामी वर्षमा सरकारको नाममा कायम गराउन पहल गरिने उल्लेख छ ।
सूचना तथा संचार प्रबिधितर्फ
नेपालगञ्ज बजार क्षेत्रलाई फ्रि वाईफाई जोनको रुपमा बिकास गरिने, नगरको सार्वजनिक जवाफदेहितालाई प्रवद्र्धन तथा सुशासनका लागि अपरिहार्य रहेको बिद्युतिय सेवालाई थप प्रभावकारी बनाई नविनतम सूचना प्रबिधिको प्रयोगमा जोड दिइने र उपमहानगरपालिकाको संचार नीति अनुरुप समग्र संचार क्षेत्रको बिकास गरिने उल्लेख छ ।
सामाजिक बिकास
शिक्षा युवा तथा खेलकुदतर्फ
महेन्द्र बहुमुखि क्यामपसलाई बिश्वबिद्यालय बनाउने, लोपोन्मुख तथा पिछडिएका वर्गका सन्ततिहरुलाई छात्रबृति कार्यक्रम लागु गरिने, मातृभाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरि कार्यान्वयन गरिने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम संचालन गरिने, माबि तहसम्मको शिक्षालाई निःशुल्क बनाउने, बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी एक माबि एक नर्स कार्यक्रम लागु गरिने, बालबालिकाका लागि स्मार्ट एजुकेशन कार्यक्रम शुरु गरिने, छात्रा भर्ना प्रोत्साहन कार्यक्रम संचालन गरिने र पन्ध्र्र वर्षमाथिका निरक्षरका लागि निरन्तर शिक्षा कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ
महिला सम्मान कार्यक्रम लागु गरिने, बिपन्न तथा ग्रामीण महिलाको आर्थिक, सामाजिक रुपान्तरणका लागि महिला बिकास कार्यक्रम बिस्तार गरिने, आपांगता भएका व्यक्तिहरुको अधिकार प्रवर्धनका लागि आपांगता भएका ग र घ वर्गका व्यक्तिलाई क्रमश आवश्यकता र औचित्यताका आधारमा सामाजिक सुरक्षा भत्तासंग आवद्ध गर्न पहल गरिने उल्लेख छ ।
स्वास्थ्यतर्फ
जमुनाहा नाका र राँझा बिमानस्थलमा हेल्थ डेस्क संचालन गरिने, योगमैत्री नगरको रुपमा बिकास गरिने, स्वास्थ्य संस्थाहरुको बिद्यमान स्वास्थ्य नीति अनुसार आगामी २ वर्षभित्र १५ शैय्याको आधारभूत अस्पताल संचालन गरिने, दुई वर्षभित्र क्षयरोग मुक्त उमहानगरपालिका घोषणा गरिने, सेवा पहुँचभन्दा टाढा रहेका समुदायमा निः शुल्क स्वास्थ्य शिबिर संचालन गरिने, ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वंय सेविकालाई प्रोत्साहन एव) सम्मानितसहित बिदाई गरिने, नेपालगञ्जका सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि र निजका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराईने उल्लेख छ ।






Cutivate mindset an entreprenurial to provide Rs. One million loan without collarater all youth they are become an entreprenuar.make nepalgunj digital .