जिविकोपार्जनका लागि बिपन्न परिवारलाई सहयोग

बढैयाताल । बढैयाताल गाउँपालिका वडा नं ९ मौरानीटोल आसपासमा किराना पसल संचालनका लागि सहयोग गरिएको छ ।

दैनिक रुपमा प्रयोगमा आउने सामाग्रीहरु बिक्री गर्ने खुद्रा पसलहरु कमै भएको उक्त ठाउँमा सरल र सहज तरिकाले उक्त सामानहरु उपलब्ध गराउने उद्देश्यले किराना संचालनका लागि सहयोग गरिएको हो ।

आर्थिक अवस्था कम्जोर भई छोराहरुलाई बिधालय पठाउन अप्ठेरो भईरहेको, घरमा कमाउने मुख्य व्यक्तिको बैदेशिक रोजगारीको शिलसिलामा भारतको चन्डीगढमा डेङ्गु रोगका कारण निधन भएको थियो ।

हालको अवस्थामा दैनिक गुजारा गर्न र छोराहरुलाई बिधालय पठाउन नस्क्ने अवस्थालाई सहयोग पुर्याउन गरिव तथा पिछडियको पविारहरुलाई सहयोग गर्ने उद्देश्यले संचालन भएको प्रत्याभूत संचार कार्यक्रम अन्तर्गत सहयोग गरिएको सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) ले जनाएको छ ।

मेरो परिवार प्रत्याभूत परिवार हो । मेरो छोराहरुको पढाई लगायत दैनिक गुजार गर्न सहयोग हुने उद्देश्यले प्लान इनटरनेशनल नेपालको प्रत्याभूत संचार परियोजनाले वडा कार्यालयको समन्वय तथा सहकार्यमा आयआर्जनका लागि किराना पसल गर्न सामाग्री सहयोग गरेको छ ।

किराना पसल गर्नका लागि स्याक नेपाल बाँकेका कार्य समिति पदाधिकारीले सामाग्री हस्तान्तरण गर्नुभएको थियो । उक्त सामाग्री पाउँदा एकदमै खुसी भएको र आगामी दिनमा छोरा छोरीको पढाई छोडेर काममा जानुपर्ने बाध्यतावाट मूक्त भएको भन्दै धनसरी सुनारले स्याक नेपाल र प्लान इनटरनेशनललाई धन्यावद दिनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा स्याक नेपाल बाँकेका प्रत्याभूत संचार कार्यक्रमका संयोजक शेषकान्त शर्मा, स्वयंसेवक हिक्मत सुनार र कार्यसमिति पदाधिकारीका साथै वडा सदस्यहरुको उपस्थीति रहेको थियो ।

Previous articleखजुराको बजेट ८३ करोड ८५ लाख
Next articleपेशागत र बातावरणीय स्वास्थ्यमा जागरुक बन्दै बाँकेका स्थानीय तहहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here