
नेपालगञ्ज । नगरपालिका, गाउँपालिकामा औपचिक र अनौपचारिक क्षेत्रमा आबद्ध सरसफाईकर्मी र अगुवा कृषकहरुका लागि पेशागत सुरक्षा र विषादी प्रयोग सम्बन्धी तालिम संचालन गरिएको छ ।
नेपालगंज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउपलिकाहरुले विश्वका चिकिसक (एम.डि.एम.फ्रान्स) र जीआईजेड प्राबिधिक तथा आर्थिक सहयोग साथै स्थानीय साझेदार संस्था भेरी बाताबरणीय बिशिस्टता समूह (बी ग्रुप) सँगको पेशागत सुरक्षा र विषादी प्रयोगले स्वास्थ्य पार्ने असर र रोकथामबारे तालिम नेपालगञ्जमा संचालन गरिएको हो ।
बी ग्रुपका परियोजना संयोजक इन्द्रजीत सुनारका अनुसार सरसफाईकर्मीहेरुको जोखिमपूर्ण पेशागत अवस्था र किसानहरुमा बिषादीसँगको संसर्ग हुने भाएका कारण उनीहरुलाई सुरक्षित पेशागत व्यहार र समुचित विषादी प्रयोगबारे जानकारी दिइएको हो ।
१५ जना अगुवा कृषक र ४५ जना सरसफाईकर्मीहरुलाई सिकाइएको ज्ञान आफ्नो साथी सहकर्मी, समुहलगायत समुदायमा संचार गर्न महत्वपूर्ण भूमिका रहने र पेशागत जोखिम न्यूनीकरणका साथै उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाब पर्न सक्ने भएकाले उनीहरुलाई तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।
यसैगरि पेशागत स्वास्थ्य सम्बन्धिका तालिमहरु स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि पनि योजना गरिएको बताउनुभयो ।
उक्त तालिममा बोल्दै नेपालगंज उपमहानगर पालिकाका मेयर प्रशान्त बिस्टले सरसफाईकर्मीहरुले नगर सफा र सुरक्षित राख्नमा अहम भूमिका निर्बाह गरेको र आगामी आबको बजेट तथा कार्यक्रममा उनीहरुको पेशागत सुरक्षाका लागि पीपीई र स्वास्थ्य बिमाको लागि पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
यस्तै खजुरा गाउँपलिकाका नवनिर्बाचित अधक्ष्य डम्बर बिकले दैनिक रुपमा उपभोग हुने तरकारी र खाने खाद्यन्नको सुरक्षित र विषादीरहित उत्पादन हुनुपर्ने कुरामा कुनै पनि दुबिधाहरु नराख्ने र कृषक र उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रबाब राख्ने प्रबर्द्धनात्मक कार्यमा आफ्नो स्थानीय तहको पूर्ण सहयोग हुने बताउनुभयो ।
साथै परियोजनासंग सहकार्य गर्ने बिषयमा आफु खुला रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस्तै डुडुवा गाउँपलिका उपप्रमुख साहिदा बानोले कृषकहरु त्यसमा पनि तरकारी उत्पादन पेशामा संलग्न कृषकहरुका साथै उनीहरुको परिवार विषादीको तत्कालिन र दिर्घकालिन असरहरुबाट पिडित भैरहेको हुँदा यो परियोजनाले उनीहरुको शशक्तिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
तालिममा हाल बाँकेका सरसफाईकर्मी र कृषकहरुको पेशागत अबस्था, फोहोर ब्यबस्थापन र बर्गिकरण अभ्यास र विषादी प्रयोगको अवस्था के कस्तो छ, रासायनिक विषादीको विकल्पमा के कस्ता उपायहरु, विषादीले स्वास्थ्यमा के कस्ता असर गर्दछ र आफ्नो परिवार र समुदायलाई यस विषयमा सचेतीकरण गर्न अगुवा कृषक र सरसफाईकर्मीहरु के कस्ता भूमिका निर्वाह गर्न सक्छन् जस्ता विषयवस्तुबारे जानकारी गराइएको छ ।
विश्वका चिकत्सकहरु नामक संस्थाका कार्यक्रम प्रबन्धक बसन्त थापाले सरसफाईकर्मी र अगुवा कृषकहरुका लागि आयोजना गरिएको सो तालिम बाताबरणीय र पेशागत जोखिम न्यूनीकरण अभियानका विभिन्न क्रियाकलापहरुमध्येको एउटा क्रियाकलाप भएको जानकारी दिनुभयो ।
उक्त्त परियोजनाले चार वटा बिशिस्ट लक्षहरु : सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्नको लागि क्षमता विकास गर्ने, व्यहार परिवर्तनमा जोड दिने, गुणस्तरीय र पेशागत स्वास्थ्य सेवामा लक्षित समुहको पहुच बढाउन स्थानीय सरकारी स्वास्थ्य संस्थाको क्षमता प्रबर्धन गर्ने, सरोकारवाला निकायहरु अंग समन्वय, छलफल सहकार्य र तथ्यपरक अनुसन्धान कार्य गर्ने साथै सरसफाई कर्मी र किसानहरुको पेशागत र विषादीको जोखिम न्यूनीकरण गर्न विकल्पहरु अवलम्बनका लागि लक्षित समुहकालागि प्राबिधिक तालिम उनुदान कार्यक्रमहरु पनि समाबेश गरिएको उहाँले बताउनुभयो ।
साथै यस्ता कार्यक्रमहरु स्थानीय सरकारसँगको संयुक्त आयोजनामा विश्वका चिकित्सकहरुले बाँके लगायत अन्य जिल्लाहरुमा पनि थालनी गर्ने योजना रहेको जनाइएको छ ।





