
नेपालगन्ज । वर्षातमा जमेको पानी खोल्दा नेपालगन्जमा एक घर भत्किएकोे छ ।
डुडुवा गाउँपालिका-३ मा रहेको नाइम इँटा भट्टा उद्योगले वर्षातमा जमेको पानी खोल्दा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ का आरिफ खाँको घर भत्किएको हाे ।
लालपुर्जाकाे जग्गामा घर बनाएर बसेकाे अवस्थामा भट्टामा जमेकाे पानी खेाल्न लगाउँदा खाँकाे घर भत्काएको छ ।
आफ्नो घर किन भत्काईयाे, खाँले भन्नुभयाे, मेराे नीजि सम्पत्ति नष्ट गर्ने अधिकार कसले दियाे, यसकाे क्षतिपूर्तिकाे माग गर्दछु ।
भट्टा संचालककाे ईशारामा नेपालगन्ज उपमहानगरपालिकाकाे टाेलीले आफ्नाे नीजि सम्पत्तिमाथि नष्ट गरिएको खाँले जानकारी दिनुभयो ।
घर भत्काएर पानी खाेल्दा स्थानीयले भर्खरै रोपेको धान बाली र धानको बीउ पनि नष्ट भएको पीडित अक्लिम खाँले बताउनुभयो । पीडित स्थानीयले क्षतिपूर्ति माग गरेका छन् ।





