नेपालगञ्जमा जोखिमयुक्त संरचनाको सर्वेक्षण गरिने

नेपालगंज । शहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगंज उपमहानगरपालिका बडा नं-३ र ७ का सबै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने भएको छ ।

उपमहानगरपालिको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र युनिसेफको साझेदारीमा दुबै बडाका १ हजार १ सय घरहरुमा विपदका दृष्टिकोणबाट जोखिमयुक्त संरचना रहे नरहेको बारेमा सर्वेक्षण गरिने भएको हो ।

नेपालगञ्जमा शुक्रवार भएको समन्वय बैठककमा सर्वेबारे जानकारी गराइएको छ । बैठकमा नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापा, रेडक्रस बाँके शाखा सभापति गोवर्धन सिंह सझना र २३ बटै बडाका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

शहरी विपद् तथा भुकम्पिय पूर्वतयारी परियोजना अन्तर्गत जोखिमयुक्त घरहरुको पहिचान गरी नगरभित्र विपद पूर्वतयारी गरी संरचना निमार्ण गर्न पहल गर्ने उदेश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको नेपालगञ्जका विपद् फोकल पर्सन प्रकाश डिसीले बताउनुभयो ।

रेडक्रस बाँकेका सभापति सझनाले उपमहानगरपालिकासंगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखिम न्यूनिकरणमा उल्लेख्य भुमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।

बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंहले घरहरुको जोखिम पहिचान भइसकेपछि बीमा कार्यक्रमलाई नगरमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

Previous articleबाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपाने सहित ४३ जनाकाे सरूवा
Next articleवन पैदवार उद्योग व्यवसायी संघ, बाँकेमा टेक बहादुर पुन चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here