वन पैदवार उद्योग व्यवसायी संघ, बाँकेमा टेक बहादुर पुन चयन

नेपालगन्ज । उत्पादन बृद्धि र आयात प्रतिष्थापन राष्ट्र निर्माणको सुत्रधार-वन उद्यम र ब्यवसायको विकास हरित समृद्धिको मूलधार भन्ने मूल नाराको साथ नेपाल वन पैदवार उद्योग व्यवसायी संघ, बाँकेको आठौ बार्षिक साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ ।

साधारण सभा तथा छैठौ अधिवेशनबाट टेक बहादुर पुन मगरको नेतृत्वमा नयाँ कार्य समितिले पुर्णता पाएको छ । सम्पुर्ण पदहरुमा एकल उमदेवारी पर्न गएकोले सबै पदमा निर्विरोध निर्वाचन भएको नव निर्वाचित अध्यक्ष पुन मगरले बताउनुभयो ।

नव निर्वाचित अध्यक्षमा टेक बहादुर पुन मगर, बरिष्ठ उपाध्यक्षमा दुर्ग बहादुर राना, प्रथम उपाध्यक्षमा नरेश केसी, द्धितिय उपाध्यक्षमा दिनेश श्रेष्ठ, महासचिवमा विक्रम सिहं सिजापति, उपमहासचिवमा जुगलाल थारु, कोषाध्यक्षमा ओम प्रसाद शर्मा, सह–कोषाध्यक्षमा श्याम प्रसाद नेपाल, सदस्यहरुमा लियाकत अलि हलवाई, रज्जुलाल तेली, दिपक कुमार ढकाल, खिम बहादुर थापा, राजु तामाङ्ग, कमारो केसी सर्वसम्मतले चयन हुनुभएको छ ।

शुक्रबार नै कार्य समितिबाट मनोनित सदस्यहरुमा यज्ञ कुमारी बस्नेत, सिता कुमारी चौधरी र गणेश शर्मा सदस्यहरुमा मनोनय गरिएको निर्वाचन अधिकृत तिर्थराज ज्ञवालीले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जमा जोखिमयुक्त संरचनाको सर्वेक्षण गरिने
Next articleनारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारणसभा, पुर्व मेयर डा.राणा सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here