नारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारणसभा, पुर्व मेयर डा.राणा सम्मानित

नेपालगञ्ज । नारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारण सभा शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगन्ज उपमाहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिस्टको बिशेष उपस्थिति तथा केन्द्रका अध्यक्ष मिना श्रेष्ठको सभापतित्बमा उक्त बार्षिक साधारणसभा गरिएको हो ।

साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले नारी बिकाश केन्द्र सबै दिदीबहिनीहरुको एकदमै महत्त्वपूर्ण संस्था रहेको बताउँदे संस्थालाई जीवन्त राख्न स्थानीय तह सधै तयार रहेको बताउनुभयो ।

२०४७ सालमा स्थापना भएको केन्द्र केही समय निष्क्रिय भएको थियो । संस्थाकी अध्यक्ष श्रेष्ठ अमिरिकाबाट फर्के पश्चात् पुन संस्थालाई अगाडी बढाउन निरन्तरता दिनु भएको छ ।

हाल आजिवन सदस्य एवम कार्यसमिती सदस्य सबैले मिलेर संस्थालाई पुर्णरुपमा अगाडी बढाईरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । केही समय सशस्त्र प्रहरी बल बसेको नेपालगञ्ज रामलिला मैदानस्थित भवनमा हाल केन्द्रको कार्यालय स्थापना गरिएको छ ।

सो कार्यालय स्थापना र महिलाहरुलाई तालिम दिने संरचना निर्माणमा सहयोग गरेको भन्दै नेपालगञ्जका पूर्व नगर प्रमुख डा.धवल शम्शेर राणा र सामाजिक बिकास शाखा अधिकृत कृष्ण प्रशाद जोशीलाई कदर पत्रसहित केन्द्रले सम्मान प्रदान गरेको छ ।

त्यस्तै आजिवन सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो साधारणसभामा सचिब मेनुका बैधले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रचना श्रेष्ठले आर्थिक आय ब्याय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, पत्रकार माहासंघ बाँकेका उपाध्यक्ष करुणा शाह (माहारानी), पश्चिम् तारा नेपाल बाँकेका कार्यक्रम संयोजक परिना चौधरी, रास्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments