एक दर्जन पसललाई कारबाही, एक लाख १२ हजार जरिवाना असुल

नेपालगन्ज । संयुक्त बजार अनुगमन समितिले बुधबार बाँके र बर्दियामा गरेकाे अनुगमनबाट एक दर्जन पसल एंव व्यवसायीक प्रतिष्ठान कारबाहीमा परेका छन् ।

बजार अनुगमनका क्रममा टाेलीले ३० भन्दा बढी पसल एवं व्यवसायिक प्रतिष्ठानहरुको अनुगमन गर्दा करिब एक दर्जन पसल एवं व्यवसायीक प्रतिष्ठानहरुलाई कारबाही गरेकाे हाे ।

अनुगमनमा बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको नेतृत्वमा र बर्दियामा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका नि.कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्यालको नेतृत्वमा भएको अलग अलग अनुगमन टोलीले बाँकेमा खरिद बिल नदेखाउने एक पसललाई रु २० हजार तत्काल जरिवाना गरिएको छ ।

यस्तै बर्दियामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने १० वटा पसललाई ९२ हजार रुपैयाँ तत्काल जरिवाना गरिएको छ । त्यसैगरी करिब २२ हजार मुल्य बराबरको खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएको वस्तु नष्ट गरिएको छ ।

Previous articleताजिया बिसर्जन गरि मोहरर्म पर्व सम्पन्न
Next articleनरैनापुर सुख्खा क्षेत्र घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here