
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।
बुधबार नेपालगन्जमा एक कार्यक्रमकाे आयाेजना गरेर नेपालगन्जकाे अवस्थाकाे बिषयमा छलफल गर्दै नगरबासीकाे सहयाेगमा अभियानलाई प्रभावकारी बनाउने जनाएको हाे ।
हात्तीपाईले तथा आम औषधी सेवन सम्बन्धि लैंगिक समानता तथा सामाजिक समावेशीकरण अध्ययन नतिजा सार्वजनिक गर्दै उपमहानगरले सम्पूर्णले याे अभियानमा साथ आवश्यकतामा जोड दिइएको छ ।
कार्यक्रममा नगर उपप्रमुख कमरुद्धिन राईले आम औषधी सेवन अभियानमा औषधी सेवन गर्नुपर्ने एकजना ब्यक्ति पनि छुट्न नहुँने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सकारात्मक सन्देश प्रवाह भएमा अभियान प्रभावकारी हुने बताउनुभयो ।
ग्रामीण भन्दा सहरी क्षेत्रमा समस्या देखिएको भन्दै उहाँले अभियान गर्मी मौसममा नभई समय परिवर्तन गर्न सुझाव दिनुभयो ।
बाँकेमा १२ बर्षदेखि यो कार्यक्रम निरन्तर चल्दै आएकाे छ ।





