नेपाल शिव सेना नेपालगन्ज कमिटीकाे अध्यक्षमा सुनिल राज केसी चयन

नेपालगन्ज । नेपाल शिव सेना नेपालगन्ज नगर कमिटी अध्यक्षमा सुनिल राज केसी चयन हुनुभएको छ ।

नेपालगन्जमा बुधबार सम्पन्न प्रथम नगर सम्मेलनले केसीकाे अध्यक्षतामा ७६ सदस्यीय कमिटी गठन गरिएको हाे ।

यसैबीच नवगठिन नगर कमिटीको पहिलो बैठकले हिन्दु धर्मको रक्षा गर्नुका साथै कुनैपनि धर्मको आस्थामाथि ठेस आउने काम नगर्नुका साथै शिवसेना ब्रस्त लगाएपछि नीति नियम धर्ममा बस्नु पर्ने, कुनै पनि मुद्दामा एकल निर्णय नगरी नगर कमिटीको निर्णय अनुसार कार्य गर्नुपर्ने जस्ता निर्णय गरेको छ ।

बैठकले अबकाे महिनाभित्र नेपालगन्ज उपमहानगरपालिकाका वडाहरूको वडा सम्मेलन तथा वडा कमिटी गठन गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रममा कमिटीका अभिभावक दिवाकार खनाल, नेपाल शिव सेना केन्द्रीय अध्यक्ष राज कुमार रोैनियार, केन्दीय बरिस्ठ उपाध्यक्ष याेद्वा किशोर लामा, केन्द्रीय महासचिव मंगल जिएम, केन्द्रीय सचिव शेर बहादुर शाही, बाँके जिल्ला महिला अध्यक्ष खुमा वली, नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका उपाध्यक्ष तेज नारायण कडेंल लगायतको उपस्थिति रहेको थियोे ।

वक्ताहरूले हिन्दु धर्मको रक्षा कसरी गर्ने र अब हुने प्रदेश तथा संसदीय चुनावमा स्वतन्त्र रुपमा नेपाल शिव सेनाले पनि उम्मेदवारी दिनेसँगै संसदीय भवनमा समेत शिव सेनाको उपस्थिति गराई हिन्दु धर्मको आवाजलाई बुलन्द पारी देशव्यापी रुपमा हाम्रो देश नेपाललाई हिन्दुराज्य माग हुनुपर्ने जस्ता कुराहरु राखेका थिए ।

कार्यक्रम नेपाल शिव सेना केन्द्रीय सदस्य राजेश कुमार यादवले कार्यक्रम संचालन गर्नुभएको थियाे ।

Previous articleहात्तीपाईले रोग विरुद्धको आम औषधी कार्यक्रमलाई प्रभावकारी बनाईने
Next articleजीवन उपयोगी सीप महत्वपूर्ण : सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here