जीवन उपयोगी सीप महत्वपूर्ण : सहभागि

नेपालगञ्ज । नेपालगञ्नमा संचालन भएको जीवन उपयोगी सीप सम्बन्धि पाँच दिने तालिम सकिएको छ ।

३९० घण्टा तालिम लिएका नेपालगञ्जका युवाहरुका लागि साउन २५ गतेदेखि जीवन उपयोगी सीप सम्बन्धि तालिम संचालन गरिएको थियो ।

मंगलबार सकिएको तालिमको समापनमा बोल्दै सहभागि सहभागि संगिता रावलले यो तालिम आफ्नो लागि उपयोगी भएको प्रतिक्रिया दिनुभयो । तालिमले समस्या समाधान र सहि बाटो छनौट गर्न सक्ने क्षमता प्रदान गरेको आफुलाई महसुस भएको रावलले बताउनुभयो ।

बाधा अडचन आएको समयमा उचित निर्णय लिन सक्ने क्षमताको बिकास, युवाहरुले आफ्नो लक्ष्य तय गर्न सक्ने, बित्तिय सीप र यौन प्रजनन स्वाथ्यका बारेमा जानकार बनाउन तालिम संचालन गरिएको हो ।सेफ द चिल्ड्रेनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सामाजिक बिकास मंच (एस डि एफ बाँके) ले नेपालगञ्जमा संचालन गरेको पावर फोर एवाई परियोजनाले सो तालिमको आयोजना गरेको थियो ।

कार्यक्रमको समापनमा मंचका अध्यक्ष चम्प सिंह थापा मगर, बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, सेफ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरीले सहभागिलाई प्रमाण पत्र बितरण गर्नुभएको थियो ।३९० घण्टाको सीपमुलक तालिम लिएका युवाहरु एडभान्स र आधारभूत सिलाई कटाई, कोर्ट पाईन्ट स्पेसलिष्ट, खाजा नास्ताको व्यापार गर्ने, गर गहना तथा डिजाईनको काम गर्ने, कपाल काट्ने र हाउस वायरिंगको काम गर्ने २२ जना युवाहरुको सहभागिता तालिममा रहेको थियो ।

तालिमलाई मंचका सिनियर फिल्ड अधिकृत बृजेश ठाकुर र फिल्ड अधिकृत पुजा बर्माले सहजीकरण गर्नुभएको थियो भने अपाङ्गता भएका युवाहरुको बुझाईका लागि दोभाषे भूमिका बिद्या खडकाले निर्वाह गर्नुभएको थियो ।

Previous articleनेपाल शिव सेना नेपालगन्ज कमिटीकाे अध्यक्षमा सुनिल राज केसी चयन
Next articleकम्दीमा राष्ट्रिय सेवा दल तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here