
रमेशकुमार यादव
कम्दी । बाँकेको डुडुवा गाउपालिका वडा न. ५ स्थित सहिद स्मरक माध्यमिक बिधालयमा सय दिने राष्ट्रिय सेवा दलको तालिम शुरु भएको छ ।
डुडुवा गाउँपालिका वडा अध्यक्ष झंक बहादुर थापा प्र.शे.श्याम आत्रेय पौडेल, बिधालय व्यवस्थापन समिति अध्यक्ष भगिरथी चंद, पुर्ब बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमता प्रसाद लगायतको बिशेष उपस्थितिमा तालिमको प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै प्र.से.पौडेलले अनुशासन नै राष्ट्र सेवा दलको मुल जग भएको बताउनुभयो । उहाँले आजको किशोर किशोरी भोलिको राष्ट्र सेवक बनेर राष्ट्रको अभिभावक बन्ने भएकाले सेवाभाव आवश्यक रहेको पनि बताउनुभयो ।
तालिमले सेवा दलमा सहभागि हुने प्रशिक्षार्थीलाई मान प्रतिष्ठाप्रति कहिल्यै पनि झुक्न नदिने कार्य गर्न नसिकाउने यसको मुख्य उद्देश्य रहेको उहाँले दाबी गर्नुभयो ।
सि.स १७ सिनियर डिभिजनको प्रशिक्षक रोशन सापकोटाका अनुसार तालिममा १८ जना छात्र र १८ जना छात्राको सहभागिता रहेको छ ।






