एल आई सी नेपालद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम

नेपालगञ्ज । एल आई सी नेपालले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको छ । बुधबार नेपालगञ्जमा अभिकर्ता उत्प्रेरणा कार्यक्रमसंगै सम्मान कार्यक्रम गरेको हो ।

पेशागत बिमा अभिकर्ता संघ बिमक समिति एल आई सी नेपाल र एजेन्सी म्यानेजरहरुको आयोजनामा उक्त कार्यक्रम गरिएको छ ।

कार्यक्रममा एल आई सी नेपालका माकेटिङ्ग प्रमुख प्रकाश भक्त उपाध्यायको बिशेष उपस्थिति रहेको थियो ।

यस्तै एल आई सी नेपालका सिनियर एजेन्सी म्यानेजर डिल्ली प्रसाद गडतोला र नर बहादुर घर्ति, पप्पु कुमार जैसवाल र निर्मला शाहले उत्प्रेरणात्मक मन्तब्य राख्नुभएको थियो ।

नेपालगञ्ज शाखा प्रमुख सुरज प्रताप शाह, कोहलपुर शाखा प्रमुख भ्यास चन्द्र मिश्रा र गुलरिया शाखा प्रमुख विश्वासदिप श्रेष्ठको उपस्थिति रहेको कार्यक्रममार्फत उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

Previous articleकम्दीमा राष्ट्रिय सेवा दल तालिम शुरु
Next articleबारबर्दियामा नवनिर्मित छ कोठे पक्की बिद्यालय भवन हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here