बारबर्दियामा नवनिर्मित छ कोठे पक्की बिद्यालय भवन हस्तान्तरण

गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न.३ बेलवाबज्जास्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पसिरमा निर्माण गरिएको वास सुबिधासहित बालमैत्री, अपांङ्गमैत्री छ कोठो पक्की भवन हस्तान्तरणसंगै उद्घाटन गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) द्धारा निर्मित वास सुबिधासहितको उक्त छ कोठे पक्की बिद्यालय भवन बुधबार हस्तान्तरणसंगै उद्घाटन गरिएको हो ।

समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले प्लान इन्टरनेशनलले बिभिन्न समयमा बिभिन्न खालका जनलक्षित कार्यक्रम संचालन गर्दै आइरहेको बताउनुभयो ।उहाँले बर्दियाको दुरदराजमा भुकम्प तथा बालमैत्री, अपाङ्गतामैत्री संरचना निर्माण कार्य गरेकोमा मन्त्रालयको तर्फदेखि प्लान नेपाल तथा स्याक नेपाल बाँकेलाई धन्यवाद दिनुभयो ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतकी प्रबन्धक मिना पराजुलीले प्लान इन्टरनेशनलले स्याक नेपालसंगको साझेदारीमा परियोजनामार्फत भौतिक पुर्वाधार निर्माण भएको तर भौतिक पुर्वाधरले मात्र नहुने र आगामी दिनमा बालमैत्री कक्षा संचालन, बाललबालिकाको सिकाई उपलब्धी दर बढेको, बालबालिकाहरु बिधालयमा भइरहित बाताबरणमा नियमित आउने कुरामा अपेक्षा गरेको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद तिमल्सेनाले प्लान र स्याकले बर्दिया जिल्लामा सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेलेको र भोलिका दिनमा नवनिर्मित संरचनाहरुलाई मर्मत सम्भार तथा रेखदेख तथा बालबालिकाको सिकाईमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा राख्नुभयो ।

स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले संस्थाले प्लानको साझेदारीमा बिगत ३ बर्षदेखि परियोजनामार्फत काम गरिरहेको र बर्दिया जिल्लाका ३ वटा बिधालयमा यस खालको भौतिक पुर्वाधार निर्माण गरेको बताउनुभयो ।उहाँका अनुसार नवनिर्मित भवन सिस्टर परियोजनामार्फत करिब १ करोड २० लाख २६ हजार ३ सय ५० र बारबर्दिया नगरपालिकाको ९ लाख गरि कुल १ करोड २९ लाख २६ हजार ३ सय ५० रुपैया बराबर लागतमा निर्माण भएको छ ।

उहाँले आगामी दिनमा यसको संरक्षण तथा ब्यबस्थापन बिधालय तथा नगरपालिकाले गर्ने गरि बिधालयका प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेल तथा बिधालय ब्यबस्थापन समितीका अध्यक्ष सुकै थारुलाई हस्तान्तरण पत्र प्रदान गर्नुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकै थारुको अध्यक्षतामा भएको कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु, बर्दियाका प्रमुख जिल्ला अधिकारी बास्तोला, बर्दिया प्रहरी प्रमुख बिरेन्द्र शाही, बारबर्दियाका प्रमुख प्रसाशकीय अधिकृत महेन्द्र जंग शाही, प्लान केन्द्रीय कार्यालयका अभियान र संचार निर्देशक प्रशेन खाती र वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिधालय परिवारले बारबर्दिया नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सारेकार मंच (स्याक नेपाल) बाँकेलाई प्रशंशा पत्र र यस परियोजना समयमा सम्पन्न गर्न अहोरात्र खटिने कर्मचारी एवम परियोजना प्रमुख क्रमश : लक्ष्मी प्रसाद शर्मा, रामबहादुर रावल, फोकल प्रसन कैलाश मान श्रेष्ठ र प्लान इन्टरनेशनल नेपालका इन्जिनियर राजु खत्रीलाई समेत सम्मान पत्र प्रदान गरिएको छ ।बिधालयका प्रध्यानाध्यापक मुकुन्द प्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा बालबालिकाहरुले स्थानीय झाँकी, नृत्य एवम गाईजात्रा समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा आठ सय जनाको उपस्थिति रहेको थियो ।

Previous articleएल आई सी नेपालद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम
Next articleबाल बिकास केन्द्रका सहजकर्ताका लागि सिकाई सामाग्री निर्माण र प्रयोग सम्बन्धि तालिम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here