बाल बिकास केन्द्रका सहजकर्ताका लागि सिकाई सामाग्री निर्माण र प्रयोग सम्बन्धि तालिम संचालन

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा संचालित प्रारम्भिक बाल बिकास केन्द्रको सिकाईलाई प्रभावकारी बनाउन आवश्यक क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ ।

बाल बिकास केन्द्रका सहजकर्ताहरुको क्षमता अभिबृद्धि र सिकाई सन्दर्भ सामाग्री निर्माणका लागि बुधबारदेखि खजुरामा तीन दिने सिकाई सामाग्री निर्माण र प्रयोग सम्बन्धि क्षमता बिकास तालिम संचालन गरिएको हो ।

तालिमलाई गाउँपालिका अध्यक्ष डम्बर बिकले उद्घाटन गर्दै शिक्षाको अभिन्न अंङ्ग रहेको बाल बिकास केन्द्रको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पालिकाले समेत शिक्षा शाखामार्फत बाल बिकास केन्द्रका लागि आवश्यक कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।

यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले बाल बिकासको जग बलियो भएपछि मात्र माथिल्लो कक्षाको शैक्षिक स्तर मजबुत हुने धारणा राख्नुभयो । समुदायले समेत बाल बिकास केन्द्रलाई सहयोग गरेको खण्डमा त्यही अवस्थामा नै बालबालिकाले आवश्यक ज्ञान आर्जन गर्न सक्ने उहाँले बताउनुभयो ।खजुरामा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजनामार्फत शैक्षिक सुधारका लागि आवश्यक गतिबिधि संचालन हुँदै आएको छ ।

तालिममा खजुरा गाउँपालिकामा संचालित परियोजना क्षेत्र बाहेक बिद्यालय क्षेत्रका समेत बाल बिकास केन्द्रहरुको सहभागिता रहेको छ । जनसेवा मा.बि, जनकल्याण आ.बि, ज्ञानोदय मा.बि, भानु मा.बि, रजनवा प्रा.बि, ने.रा.आदर्श डि गाउँ, अम्बेमाता प्रा.बि, जनकल्याण मा.बि र बसन्तापुर प्रा.बिमा रहेका बाल बिकास केन्द्रका सहजकर्ताहरु सहभागि छन् ।

तालिमको उद्घाटन शत्रमा बुधबार खजुरा गाउँपालिकाका सामाजिक बिकास शाखा संयोजक कृष्णा पोखरेल बि.क, शिक्षा शाखा प्राबिधिक सहायक निर्मल रेग्मीको उपस्थिति रहेको थियो । तालिमलाई सेतो गुराँस राष्ट्रिय बाल बिकास सेवाकी प्रशिक्षक झलक कुमारी कार्कीले सहजीकरण गरिरहनुभएको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।

Previous articleबारबर्दियामा नवनिर्मित छ कोठे पक्की बिद्यालय भवन हस्तान्तरण
Next articleविद्युत प्राधिकरण कर्मचारी संघ कोहलपुरद्धारा १ सय ५१ प्वाइन्ट रगत संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here