विद्युत प्राधिकरण कर्मचारी संघ कोहलपुरद्धारा १ सय ५१ प्वाइन्ट रगत संकलन

कोहलपुर । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कोहलपुर इकाइ समितिद्वारा १ सय ५१ प्वाइन्ट रगत संकलन भएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा भाद्र १ गते कोहलपुर वितरण केन्द्रमा आयोजित रक्तदानमार्फत सो मात्रामा रगत संकलन भएको हो ।

कार्यक्रममा प्राधिकरणमा कार्यरत बाँके जिल्लामा उपलब्ध कर्मचारी, विद्युत उपभोक्ता, शिक्षक, विद्यार्थी, श्रमिक, समाजसेवी, अगुवा, सुरक्षा निकाय लगायत क्षेत्रबाट रक्तदानमा सहभगिता रहेको थियो ।कार्यक्रमको उदघाट्न सत्रमा अपसिन तथा नेविप्रा कर्मचारी संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष दुर्गाप्रसाद जैसी, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतम, सहायक प्रबन्धक टंकराज गिरी, आयोजन स्थल कोहलपुर वितरण केन्द्र प्रमुख सुरज रेग्मी, नेपालगन्ज वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेल, कर्मचारी संघ केन्द्रीय सदस्य बेदा श्रेष्ठ, राष्ट्रिय कर्मचारी युनियन कोहलपुर इकाइ अध्यक्ष गोपी थापाको उपस्थिति रहेको थियो ।

Previous articleबाल बिकास केन्द्रका सहजकर्ताका लागि सिकाई सामाग्री निर्माण र प्रयोग सम्बन्धि तालिम संचालन
Next articleमेडिकल कलेजमा अध्ययनरत सिद्धार्थ हेस्टेलमा झुण्डिएको अवस्थामा फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here