मेडिकल कलेजमा अध्ययनरत सिद्धार्थ हेस्टेलमा झुण्डिएको अवस्थामा फेला

सांकेतिक तस्बिर

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत एक छात्र होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत एक छात्र झुण्डिएको अवस्थामा फेला परेको कोहलपुर प्रहरीले जनाएको छ ।

मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा नेपालगञ्जका सिद्धार्थ बैश्य झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

यसबारे थप अनुसन्धान आडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो । मृतक बैश्यको कोठाबाट प्रहरीले सुसाईड नोट समेत भेटिएको जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

Previous articleविद्युत प्राधिकरण कर्मचारी संघ कोहलपुरद्धारा १ सय ५१ प्वाइन्ट रगत संकलन
Next articleआकासे पुल विकासको वाधाक नबनोस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here