टंक धामीलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने उद्योगी व्यवसायीकाे चेतावनी

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरूले नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक बहादुर धामीकाे रिहाइको माग गरेका छन् ।

यहाँका व्यवसायीहरूले बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाउँदै प्रवक्ता धामीकाे पक्राउ घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै रिहाइको माग गरेका हुन् ।

उनीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बारहादुर खत्रीलाई ज्ञापन पत्र बुझाउँदै प्रवक्ता धामीकाे रिहाई, उहाँ लगायतका अन्य व्यवसायी बिरुद्ध दर्ता मुद्दा फिर्ता लिन र उद्योगी, व्यवसायीको तर्फबाट राजश्व अनुसन्धान कार्यालयका कर्मचारीका बिषयमा उठाएको गम्भीर बिषयको निराकरणका लागि गर्न माग गरिएको छ ।
साथै माग पूरा नभए आन्दोलन गर्न बाध्य हुने समेत उद्योगी व्यवसायीहरूले चेतावनी दिएका छन् ।

व्यापारीहरले बुझाएको ज्ञापन पत्रमा यस्ताे लेखिएको छ :-
पश्चिम क्षेत्रको आर्थिक केन्द्रका रुपमा रहेको नेपालगन्जका उद्योगी, व्यवसायीले कोभिड महामारी लगायत बिभिन्न कारणले उत्पन्न गरेको आर्थिक समस्याको मार खेपिरहेका छन् ।

यस्तो परिस्थतीमा राजश्व अनुसन्धान कार्यालय जस्ता सरकारका नियामक निकायसंग उत्पन्न बिवादका कारण व्यवसायीक क्षेत्रमा त्रास र चिन्ताको वातावरण सिर्जना भएको छ ।

आपसी छलफल र सहकार्यको माध्यमबाट कयौं विवादहरु बिगतमा समाधान गरिएको भए पनि यसरी उद्योगी, व्यवसायी बिरुद्ध मुद्दा दर्ता गरी पक्राउ गर्ने जस्ता कार्यहरु हुनु आश्चार्यजनक र दु:खद ठानेका छौं ।

देशको आर्थिक विकासमा उद्योगी, व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ भन्ने कुरा सरकारका संयन्त्रहरुलाई अवगत नै छ । कयौं आर्थिक मुद्दामा मात्र होइन सामाजिक कार्यहरुमा समेत उद्योगी,व्यवसायीले यहाँहरुसंग सहकार्य गर्दै आएका छन् ।

नेपालगन्जका उद्योगी, व्यवसायीले कोभिड महामारी जस्ता संकटहरुमा राज्यका निकायलाई अग्रमोर्चामा रहेर हातेमालो गरेको प्रष्टै छ ।

अवैधरुपमा हुने व्यापारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले कहिल्यै समर्थन गरेन र आगामी दिनमा पनि गर्ने छैन । त्यसलाई रोक्न सरोकारवाला निकायसंग हातेमालो गर्दै आएका छौं । सीमापारीबाट हुने अवैध आयात रोक्न संघले नै तत्परता लिएको छ ।

तर नियन्त्रण नहुँदा त्यसको मार यहाँका उद्योगी,व्यवसायीले खेपिरहेका छन् । अवैध व्यापार रोक्न राज्यका निकायसंग हातेमालो गरिरहेको संघ र यहाँ आवद्ध उद्योगी, व्यवसायीले नियामक निकायको काम र त्यहाँ कार्यरत कर्मचारीप्रति कुनै प्रकारको वैरभाव र प्रतिशोध साध्ने भन्ने सवाल नै आउँदैन । उहाँहरुको काम र कर्तव्यप्रति सदैव सम्मान प्रकट गछौं ।

तर गत साउन २९ गते नेपालगन्ज–२ घरबारीटोलस्थित मष्टा लक्ष्मी ट्रेड लिङ्कमा उत्पन्न बिबादलाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक बहादुर धामी लगायतका व्यवसायी बिरुद्ध मुद्दा दर्ता गरी धामीलाई पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

समस्या समाधानका अन्य उपाय हुँदाहुँदै व्यवसायी बिरुद्ध मुद्दा नै दर्ता गरी पक्राउ गर्ने कार्यले उद्योग, व्यवसाय क्षेत्रमा त्रास सिर्जना गरेको छ । पछिल्लो घटनाले व्यवसायीक वातावारण बिगारेको महसुस गरेका छौं ।

व्यवसायी क्षेत्रमा उत्पन्न त्रास अन्त्यका लागि प्रमुख जिल्ला अधिकारीको हैसियतमा अभिभावकीय भूमिका निर्वाह गरी यहाँका उद्योगी, व्यवसायीलाई भयरहित र स्वतन्त्रपूर्वक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

साथै पक्राउ गरिएका प्रवक्ता टंक धामीलाई बिना सर्त रिहाई गरी उहाँ लगायतका अन्य व्यवसायी बिरुद्ध दर्ता भएको मुद्दा फिर्ता लिन जोडदार माग गर्दै उद्योगी, व्यवसायीको तर्फबाट राजश्व अनुसन्धान कार्यालयका कर्मचारीका बिषयमा उठाएको गम्भीर  बिषयको निराकरणका लागि स्वतन्त्र र निष्पक्ष छानविनका लागि सरकारसंग जोडदार माग गर्दछौं ।

यथाश्रिघ धामीको रिहाई, राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीमाथि छानबिनका लागि तटस्थ समिति गठन गरि स्वतन्त्र र भयरहित वातावरणमा व्यापार व्यवसाय गर्ने पाउने अधिकारको सुनिश्चितता नगरे संघ चरणवद्ध अन्दोलनमा बाध्य हुने व्यवहोरा जानकारी गराउँदछौं ।  

Previous articleआकासे पुल विकासको वाधाक नबनोस् !
Next articleमिसेज नेपालगन्जको पहिलो अडिसनबाट २१ जना छनोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here