
नेपालगञ्ज । तिज नृत्य प्रतियोगितासंगै फेसन सो र मिसेज नेपालगञ्जको पहिलो अडिसनबाट २१ जना छनोट भएका छन् ।
मिसेज नेपालगञ्जको लागि भएको पहीलो अडिसनबाट २१ जना गृहणी महीला छनोट भएका हुन् । ६७ जना प्रतिस्पर्धी मध्येबाट २१ जना महिला छनोट गरिएको आयोजक अवधि मिडिया ग्रुप प्रा लिद्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।
मिसेज नेपालगञ्ज प्रतियोगिताको निर्णायकमा सुबिना अधिकारी, गिता क्षेत्री वर्नवाल, नृत्य निर्देशक भरत महतो, कृष्णा पाण्डे लगायत रहनुभएको थियो ।
नृत्य बिधाको अडिसन भने शनिबार ४ गते मेरो प्लानेटमा ११ बजेदेखि हुने आयोजकले जनाएको छ । प्रतियोगिहरुले ३ मिनेटको गितमा आफ्नो प्रस्तुती राख्नुपर्ने टेलिभिजन प्रमुख आशिष गुप्ताले बताउनुभयो ।
प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने गुप्ताले जानकारी दिनुभयो ।
प्रतियोगितामा नृत्य र फेसनसंगै मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार, सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।





