बाँके क्षेत्र नं-२ बाट दिवाकर खनालको स्वतन्त्र उम्मेदवारी घोषणा

नेपालगञ्ज । हिन्दुवादी नेता दिवाकर खनाल बाँके क्षेत्र न.२ बाट संसदीय सभामा स्वतन्त्र उम्मेदवारी रहने घोषणा गर्नुभएको छ ।

नेता खनालले नेपालगञ्जमा पत्रकारहरुसंग कुरा गर्दै बाँके क्षेत्र नं.२ बाट संसदीय सभामा र नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियार प्रदेश सांसद सदस्यका लागि स्वतन्त्र उम्मेदवारी रहने घोषणा गर्नुभएको हो ।

हिन्दुवादी नेता खनालले हिन्दु राष्ट्र निर्माणको लागि, विश्वभरी छरिएर रहेको ॐकार परिवार (बैद्विक) सनातनीहरुलाई एकत्रित गर्न, बैद्विक सनातनीभित्र रहेका विकृति विसंगति जस्ता कुरीतिहरुलाई समाप्त गर्न, यस क्षेत्रमा रहेको शक्ति पीठ श्री बागेश्वरी मन्दिर तथा देशै भरिरहेका शक्ति पीठ तथा मन्दिर, गुम्बा तथा ॐकारहरुका देवी देवता स्थानहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्न, शक्ति पीठ श्री बागेश्वरी मन्दिरलाई राष्ट्रिय गुठी विकासको लागि पहल गर्ने, देशमा अत्यधिक रुपले सनातनीहरुलाई नै राजनैतिक होस वा धार्मिक, धर्म परिवर्तन र चेलीबेटीमाथि भईरहेका अन्यायबाट रोक्न आफुहरुको स्वतन्त्र उम्मेदवारी रहेको तर्क गर्नुभएको थियो ।

हिन्दुवादी नेता खनालले गौरक्षाको लागि गौशालाहरुको प्रवद्र्धन र गुरुकुलको स्थापना गर्ने, भौतिक विकासका लागि यस देशमा हिन्दु राष्ट्र कायम गरी गौतमबुद्ध, बेदव्यास, माता सीता र अन्य ऋषिमुनीहरुको तपोभूमिको रुपमा रहेको यो देशलाई धार्मिक आस्थाको रुपमा विश्वभरीका ॐकार परिवारलाई तथा अन्य समूह (धर्म) लाई पनि प्रभावित पारी पर्यटक भित्र्याउने र पानीको व्यवस्थापन गरी कृषि तथा उद्योगहरुलाई बढीभन्दा बढी प्रोत्साहन गर्ने उद्देश्यका साथ उम्मेदवारी रहेको बताउनुभयो ।

नेताहरुले विगतमा नेपालका आमालाई नै धोका दिएको हुँदा अब पुनः हिन्दु राष्ट्र कामय हुनुपर्ने त्यसैको लागि मेरो उम्मेदवारी रहेको बताउनुभयो ।

आफुहरुलाई पद, पैसाको लोभ छैन, २४ दिन अगाडी नै मैले अमेरिकाको ग्रीन कार्ड छोडेर नेपाल आमाको सेवा गर्ने उद्देश्य बोकी यही माटोमा बिलिप हुने उद्देश्य र आफ्नो जीवन यसै सनातनी ॐकार पविारमा जन्मेको बताउँदै समाज, क्षेत्र, मेरो देश र अन्नतः मेरो अन्तिम प्राण पनि यही माटोको लागि समपर्ण गर्न चाहेको उहाँहरुको भनाई छ ।

Previous articleमिसेज नेपालगन्जको पहिलो अडिसनबाट २१ जना छनोट
Next articleबर्दियाली गायक कमल बिसीको “झम्म झम्म साईली” तिज गीत सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here