बर्दियाली गायक कमल बिसीको “झम्म झम्म साईली” तिज गीत सार्वजनिक

नेपालगञ्ज । गायक कमल बिसि माल्दाईले यसपालीको तिजमा सबैलाई नचाउने मौलिक झ्याउरे गित लिएर आउनुभएको छ ।

गायक बिसि र गायिका प्रतिक्षा वाग्लेको आवाजमा “झम्म झम्म साईली” बोलको रमाइलो तिज गित सार्वजनिक भएको छ । चर्चित सर्जक नेत्र अर्यालको शब्द सृजना र गायक माल्दाईकै लय सृजनामा रहेको उक्त गित भोलुम अन नामक युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी तिजकै भाकामा उक्त गित सृजना गरिएको हो । गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको उक्त गितमा क्रान्ति केसीको उत्कृष्ट निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ ।

हरेक बर्ष झै यसबर्ष पनि तिज गितलाई निरन्तरता दिएको गायिका वाग्लेले बताउनुभयो । यस गितमा दुई प्रेमि जोडीहरु एक अर्कालाई वयान गर्दै तिजमा संगसंगै नाच्ने गाउने गरेको दृश्य देखाईएको छ ।

गितमा टिकटक स्टार मोडल लोसिना लामिछाने, प्रेम रसाईली, समुन्द्र वाग्ले, जसोदा कार्कीले उत्कृष्ट नृत्य तथा अभिनय गर्नुभएको छ । राजेन्द्र कुवँरको बिशेष सहयोगमा तयार भएको उक्त गितको संगीत संयोजन महेन्द्र भण्डारीले गर्नुभएको हो ।

https://www.youtube.com/watch?v=8LNPhJiTyC8

Previous articleबाँके क्षेत्र नं-२ बाट दिवाकर खनालको स्वतन्त्र उम्मेदवारी घोषणा
Next articleमहेन्द्र पुस्तकालय स्थापनाको ७५ वर्ष पुरा, मनाइयो अमृत महोत्सव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here