अध्यक्ष यादवलाई जानकारी नै नदिई जसपा-२ मा क्षेत्रीय समिति पुनर्गठन

नेपालगन्ज । जनता समाजबादी पार्टीले बाँके क्षेत्र नं.-२ का क्षेत्रीय अध्यक्ष सुर्यलाल यादवलाई हटाएर क्षेत्रीय अध्यक्षमा उमेश कुमार यादवलाई जिम्मेवारी दिएको छ ।

डुडुवा गाउँपालिका वडा न-६ का यादवलाई जसपाका नेताहरुले क्षेत्रीय अध्यक्षको जिम्मेवारी दिंदै कार्यकालको सफलताको शुभकामना दिएका छन् ।

क्षेत्रीय अध्यक्षबाट हटाईएकाे बारे आफुलाई कुनै पनि जानकारी नदिएको भन्दै सूर्यलाल यादवले मंसिर ४ मा हुने निर्वाचन परिमाणले देखाउने स्टाटस पोष्ट गर्नुभएकाे छ ।

उहाँले आफुलाई हटाइएको बारेमा पार्टीलाई धन्यवाद दिँदै जिम्मेवारीबाट आफुलाई बर्खास्त गरेको जानकारी फेसबुक मार्फत सार्वजनिक गर्नुभएकाे छ ।यता जसपा पार्टीका जिल्ला अध्यक्ष कमरूद्दिन राईले सूर्यलाल यादवलाई पार्टीबाट नभएर क्षेत्रीय भेलाले समिति पुनर्गठन मात्र गरेकाे जानकारी दिनुभयो ।

´समितिकाे शनिबार भेला बसेकाे थियाे ।,´ अध्यक्ष राईले भन्नुभयाे, `त्यसबाट नयाँ समिति चयन भएकाे छ । पार्टीबाट हटाईएकाे हाेईन ।`

भेलाले केन्द्रीय परिपत्र अनुसार मंसिर ४ गते हुने निर्वाचनलाई मध्नजर गर्दै संगठनलाई चुस्त दुरुन्त बनाउन ५३ सदस्यीय क्षेत्रीय समितिलाई पुनर्गठन गरेकाे जनाएकाे छ ।

Previous articleअम्बे स्टिल उद्योगले खनेकाे खाल्डोमा डुबेर ७ वर्षीय बालककाे मृत्यु
Next articleकाठमाडौं जान लागेका शाह ब्राउन सुगरहित नेपालगन्ज एयरपोर्टबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here