काठमाडौं जान लागेका शाह ब्राउन सुगरहित नेपालगन्ज एयरपोर्टबाट पक्राउ

नेपालगन्ज । बाँकेमा ठलाे मात्राकाे लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

बाँके प्रहरीले शनिबार दिउँसो नेपालगन्जबाट काठमाडौं जान लागेकाे बिमानमार्फत काठमाडौं जान लागेका एक जनालाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेकाे हाे ।

दिउँसो दुई बजेकाे समयमा बिशेष सूचनाको आधारमा काठमाण्डौँ जाने यति एयरलाईन्सको विमानद्वारा काठमाण्डौँ जान लागेका बाँकेकाे कोहलपुर नगरपालिका वडा नं.११ वस्ने वर्ष २५ को रोहन शाहलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालगंज विमानस्थलको यात्रु आराम कक्षमा शंकास्पद रुपमा फेला पारी निजको तलासी लिदा कालो प्लाष्टिकले पोका पारी बनाई राखेको २ पोका ब्राउनसुगर जस्तो देखिने धुलो तौल गर्दा ६४ ग्राम ७५० मिलीग्राम फेला पारी निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

Previous articleअध्यक्ष यादवलाई जानकारी नै नदिई जसपा-२ मा क्षेत्रीय समिति पुनर्गठन
Next articleनेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here